FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ फाल्गुन ११ गते नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा १ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) सम्पन्न  |

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ फाल्गुन ११ गते नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा १ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणपरीक्षण, स्वःलेखाजोखा (GESI Audit), अन्र्तक्रिया, छलफल तथा अनुशिक्षण कार्यक्रम सम्पन्न |

 

 

 

 

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ फाल्गुन ११ गते नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा १ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) सम्पन्न  |

मिती २०७६ साल फाल्गुन ११ गते पूर्णिमा कार्यक्रम महा-भूकम्प पश्चातको पूननिर्माणको लागि बेलायत सरकारको सहयोग अन्तर्गत प्राबिधिक सहयोग तथा नौकुण्ड गाउँपालिकाको आयोजनामा १ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit), २०७६ अन्तर्गत १ दिने अन्तरक्रिया, छलफल तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलका संयोजक श्री सिर्जना लामाज्यू,को अध्यक्षतामा तथा प्रमुख प्रशासकिय अधिकृत, सबै वडाका वडा अध्यक्ष ज्यूहरु,कार्यपालिका सदस्य साथै वडा समितीका सदस्यहरुको सहभागीता रहेको थियो । उपाध्यक्ष श्री सिर्जना लामा ज्यू,को संयोजकत्वमा गठित कार्यदलले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण को क्षेत्रमा नौकुण्ड गाउपालिकाले प्रकाशित गरेका प्रतिवेदन,रिपोर्ट तथा वार्षिक निति तथा कार्यक्रमहरु अध्ययन गरी सूचकहरुमाथी छलफल गरी जम्मा प्राप्तांक तयार गरीएको थियो । साथै विभिन्न वडाहरुमा उपभोक्ता तथा महिला समीतिहरुसंग छलफल तथा अन्तरक्रिया (Focus Group Discussion) को आधारमा उक्त प्राप्तांक अंकभारलाई कार्यशाला गोष्ठिमा प्रस्तुतिकरण सहीत छलफल सुवाझ हरु संकलन गरी आउदो १ वर्षको कार्ययोजना सहित समापन भएको छ । नौकुण्ड गाउँपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit),  स्व लेखाजोखा मा जम्मा ५६ अंकमा २२ अंक प्राप्त गरी ४० प्रतिशत हासिल गरेको छ ।

 

 

 

 

आर्थिक वर्ष: