FAQs Complain Problems

सुचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न |

नौकुण्ड गाउँपालिकाको आयोजनामा मिति २०७७/१०/१० गते बागमती प्रदेश तथा रसुवा जिल्ला प्रदेश (क) का सांसद माननीय श्री प्रभात तामाङज्यूको प्रमुख आतिथ्यता र नौकुण्ड गाउँपालिकाका अध्यक्ष श्री नुर्बु स्याङबो घलेज्यूको अध्यक्षतामा आ.व. २०७६/७७ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा सहभागी हुनुभएका जि.स.स सदस्य श्री शारदा गुरुङ, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, पत्रकार, शिक्षक, गै. स. स/अन्तराष्ट्रिय गै. स. स का प्रतिनिधि ज्यूहरू,ग्लोबल आई.एम. ई बैंकका प्रतिनिधि, सुरक्षाकर्मी र आम नौकुण्डबासीलाई कार्यक्रम सफल पार्नको निमित्त यहाँहरुको उपस्थिति, असीम साथ र सहयोगको कदर गर्दै नौकुण्ड गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । यहाँहरुको साथ र सहयोग सदैव प्राप्त भइरहोस्।

नेत्रराज गिरी

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: