FAQs Complain Problems

सुचना तथा समाचार

गाउँपालिका आवधिक बिकास योजना तथा वस्तुगत विवरण तयार (पाश्र्वचित्र Digital Profile) सम्बन्धि रसुवा जिल्ला स्तरिय विषयगत सरकारी कार्यालयहरु तथा गैर सरकारी संघ संस्थाहरुसगं सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न |

मिति २०७७ चैत्र ४ गते नौकुण्ड गाउँपालिका सरमथली,रसुवाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा गाउँपालिका आवधिक बिकास योजना तथा वस्तुगत विवरण तयार (पाश्र्वचित्र Digital Profile) सम्बन्धि रसुवा जिल्ला स्तरिय विषयगत सरकारी कार्यालयहरु तथा गैर सरकारी संघ संस्थाहरुसगं सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख श्री कुल प्रशाद भट्टज्यू, विशिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी श्री ईश्वरी प्रशाद ढकालज्यू रहनु भएको थियो तथा कार्यक्रमको अध्यक्ष नौकुण्ड गाउँपालिका उपाध्यक्ष श्री सिर्जना लामाज्यूले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा उद्येश्यको बारेमा नौकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन योजना सल्लाहकार श्री गेहेन्द्र बमले सहजिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बिषयगत सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको विषयगत समूह बिभाजन गरि बिषयगत समूहहरुबाट आएका सूझावहरुलाई एकिकृत रुपमा पूर्णिमा कार्यक्रमको परामर्सदाता बिषयबिज्ञहरुले प्रस्तुतिकरण गर्नु भएको थियो ।
नौकुण्ड गाउँपालिकाले पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा चालु आ.व. ०७७/०७८ मा सम्पन्न गर्ने गरि ५ वर्षे (२०७८/०७९—२०८२/०८३) आवधिक गाउँपालिका विकास योजना तथा वस्तुगत विवरण (Digital Profile) तयार गर्ने कार्य गरिरहेको छ ।

आर्थिक वर्ष: