FAQs Complain Problems

सुचना तथा समाचार

खानेपानी तथा सरसफाई आयोजना हस्तान्तरण

मिती २०७६ साल चैत्र २ गते पूर्णिमा (PURNIMA) :  भुकम्प पश्चातको पूर्ननिर्माणको लागि बेलायत सरकारको सहयोग अन्तर्गत नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा औपचारीक रुपमा वडा नं ५ को ठुलो खोला खाल्चेत खानेपानी तथा सरसफाई आयोजना र वडा नं १ आरुखर्कमा अवस्थित आरुखर्क खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न पश्चात पूर्णिमा कार्यक्रमको स्थानिय साझेदार संस्था मानेकोर सोसाईटी नेपालद्धारा स्थानिय सरकारलाई हस्तान्तरण गरियो । सो खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा नौकुण्ड गाउँपालिकाका प्रमुख श्री नुर्वुस्याङबु घलेज्यूको प्रमुख आथित्यमा, उपप्रमुख श्री सिर्जना लामाको बिशिष्ठ आथित्यमा,  प्रमुख प्रशासकिय अधिकृत श्री नवदीप राई,  वडा नं न १ का वडा अध्यक्ष श्री कान्छा तामाङ र वडा नं ५ का वडा अध्यक्ष श्री घोण्टे ग्याम्जनको उपस्थिती रहेको थियो । उक्त २ वटा खानेपानी आयोजना बाट ५१३ जना लाभाम्बित भएका छन् ।

आर्थिक वर्ष: