FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको वस्ती तथा वडा तहको वार्षिक योजना तर्जुमा सम्बन्धि २ दिने तालिम सम्पन्न

नौकुण्ड गाउँपालिकाको वस्ती तथा वडा तहको वार्षिक योजना तर्जुमा सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा  मिति २०७८ फाल्गुन २२ र २३ गते २ दिन ६ वटा वडाका जनप्रतिनिधीहरु,वडा सचिवहरु तथा विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि वस्ती तथा वडा तहको योजना तर्जुमा तालिम सम्पन्न गरिएको छ । उक्त तालिममा गाउँपालिका अध्यक्ष श्री नुर्बु स्याङबो घले, उपाध्यक्ष श्री सिर्जना लामा तथा प्रमुख प्रशासकिय अधिकृत तथा सबै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी तथा पूर्णिमा कार्यक्रमका योजना सल्लाहकार श्री गेहेन्द्र बमले  सहजिकरण गर्नु भएको थियो ।

वस्ती तथा वडा तहको वार्षिक योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण प्राप्त भएपछि योजनाहरु प्राथमिकिकरण गरि छनौट गर्दा आवश्यकताका आधारमा छनौट गर्ने, ५ वटा बिषयगत क्षेत्रहरुलाई समेत समेट्ने गरि योजना छनौट गरिने प्रतिवद्धता वडा अध्यक्षज्यूहरुले व्यक्त गर्नुभएको थियो, साथै पछाडी पारिएका महिला,विपन्न तथा वालवालिकाहरुका लागि पनि आगामी आर्थिक वर्ष ०७९/०८० मा विशेष किसिमका योजनाहरु सहभागिता  प्राथमिकताका आधारमा छनौट गरि वडाहरुले गाउँपालिकाको विषयगत समितिमा पठाउने  प्रतिवद्धता व्यक्त गरेका छन् ।

आर्थिक वर्ष: