FAQs Complain Problems

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा ५ वर्षे गाउँपालिका आवधिक विकास योजनाको दिर्धकालिन सोच VISION SETTING तथा योजना तर्जुमा गोष्ठि सम्पन्न |

Group Discussion
Group photo after the completion of workshop
Banner
Remarks from Vice-Chairman Ms. Sirjana Lama
Remarks from CAO Mr. Netraraj Giri
Remarks from Charman Mr. Nurbu Shyangbo Ghale
Group Discussion

मिति २०७८ भाद्र ८ र ९ गते नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा ५ वर्षे गाउँपालिका आवधिक विकास योजनाको दिर्घकालिन सोच VISION SETTING तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।

उक्त गोष्ठि नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्बो घलेज्यू को अध्यक्षतामा तथा गोष्ठिमा गाउँपालिका उपाध्यक्ष श्री सिर्जना लामाज्यू ,प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरीज्यू लगायत सबै वडाका वडाअध्यक्षज्यूहरु,गाउँपालिकामा कार्यरत शाखा प्रमुखज्यूहरु,कार्यपालिका तथा वडा समितिका पदाधिकारीहरुका साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गाउपालिकाले आ.व. २०७८/२०७९ देखि आ.व. २०८२/२०८३ सम्मको गाउँपालिका को आवधिक विकास योजना पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा बनाईरहेको छ । आगामी १।५ महिना भित्र आवधिक बिकास योजनाको पहिलो ड्राफट तयार गरि गाउँपालिकालाई पृष्ठपोषणको लागि पठाईने पूर्णिमाका योजना सल्लाहकार गेहेन्द्र बमले बताउनु भयो ।

आवधिक बिकास योजनाले नौकुण्ड गाउँपालिकाको समष्ठिगत रुपमा सबै क्षेत्रहरु (सामाजिक,आर्थिक,भौतिक पूर्वाधार,वन तथा वातावरण र संस्थागत विकास तथा सुशासन) क्षेत्रहरुको बृहत अध्ययन गरि २५ वर्षे दिर्घकालिन सोच तथा समष्ठिगत लक्ष्य सहित सरोकारवालहरु समेतको छलफलमा आवश्यकता र वास्तविकताका आधारमा आवधिक योजना बनाईरहेको छ ।

आर्थिक वर्ष: