FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा २ दिने राजश्व सुधार अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा नौकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरुलाई २ दिने राजश्व सुधार अभिमुखिकरण कार्यक्रम गाउँपालिकाले सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रम मिति २०७८ बैशाख १९ र २० गते आयोजना गरिएको थियो । नौकुण्ड गाउँपालिकाले आन्तरिक राजश्व बढाउन तथा जननिर्वाचित प्रतिनिधिहरुलाई आन्तरिक राजश्वको महत्वको वारेमा जानकारी दिईएको थियो । अभिमुखिकरण कार्यक्रममा नौकुण्ड गाउँपालिकाका अध्यक्ष श्री नुर्वु स्याङवो घले,उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी लगायत सबै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु तथा वडा समितिका सदस्यहरुको सहभागिता रहेको थियो । गाउँपालिकाले कोभिड १९ को बिरुद्धमा सामाजिक दुरी कायम गर्दे मास्क तथा सेनीटाईजरको प्रयोग गर्दे २ चरणमा कार्यक्रम सम्पन्न गरेको छ । राजश्व सुधार अभिमुखिकरण कार्यक्रमले गाउँपालिकाको आन्तरिक राजश्वलाई सुदृढ बनाउने विश्वास जनप्रतिनिधीहरु रहेको छ ।

राजश्व सुधार अभिमुखिकरण कार्यक्रम पूर्णिमा कार्यक्रमका गेहेन्द्र बम, चक्रपाणि तिमल्सीना, बुद्धिबल मगराती का साथै नुवाकोट उद्योग वाणिज्य संघका जिल्ला संयोजक घनेन्द्र रीजालले सहजिकरण गर्नु भएको थियो ।

 

आर्थिक वर्ष: