FAQs Complain Problems

सुचना तथा समाचार

आन्तरिक राजश्व सुधार सम्बन्धि अभिमुखिकरण तथा आ.व. ०७७/०७८ को आन्तरिक राजश्वको समिक्षा कार्यक्रम

मिति २०७८ पौष २५ गते नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको सहजिकरण सहयोगमा गाउँपालिकाको आन्तरिक राजश्व सुधार सम्बन्धि अभिमुखिकरण तथा आ.व. ०७७÷०७८ को आन्तरिक राजश्वको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिका प्रमुख श्री नुर्बु स्याङबो घले,प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी, वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु तथा गाउँपालिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा २५ लाख गाउँपालिकाको आन्तरिक राजश्व प्रक्षेपण गरेकोमा २५ लाख ७० हजार राजश्व संकलन गरेको तथा कुन कुन शिर्षकहरु तथा कर तथा गैरकर का क्षेत्रहरुबाट राजश्व संकलन गरियो, सो को समिक्षा गरिनुका साथै राजश्व सुधार कार्ययोजना अन्र्तगत सुधार गर्नुपर्ने विषयहरु तथा आगामि हप्ताबाट सबै वडाहरुमा आन्तरिक राजश्व सम्बन्धि घुम्ति सेवाका साथै व्यावसाय दर्ता र नविकरण गर्ने कार्यक्रम गाउँपालिकाले राखेको छ ।

 

आर्थिक वर्ष: