FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँ पालिकाको आवधिक बिकास योजनाको अन्तिम मस्यौदा प्रस्तुतिकरण ।

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा २०७८ मंसिर २ गते नौकुण्ड गाउँपालिका सरमथली रसुवामा ५ वर्षे आवधिक बिकास योजनाको अन्तिम मस्यौदा प्रस्तुतिकरण भएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नुर्बु स्याङबो घले, उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी, वडाध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुख लगायत अन्य कर्मचारीको सहभागिता रहेको थियो । २०७७ माघ देखि शुरु भएको आवधिक योजना निर्माण कोभिड १९ दोश्रो भेरियण्टका कारण निर्धारित समय भन्दा केहि पछाडी सम्पन्न भएको हो । पूर्णिमा कार्यक्रमका परामर्श समूह सिमेड संस्थाका बिज्ञहरु बाट आवधिक योजनाको प्राविधिक सहयोगबाट गरिएको हो । नौकुण्ड गाउँपालिकालाई विकसित गाउँपालिका बनाउनका लागि आधार योजनाको रुपमा यो योजना आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म “सुन्दर, सुखी, सुरक्षित - सुसंस्कृत र समृद्ध, नौकुण्ड” भन्ने दिर्घकालीन सोच सहित तयार गरिएको छ । 

आर्थिक वर्ष: