FAQs Complain Problems

सुचना तथा समाचार

अ. व. २०७६/०७७ को स्थानीय तह संस्थागत क्षमता स्व–मुल्यांकन (LISA) कार्यक्रम सम्पन्न ।

नौकुण्ड गाउँपालिकाको आयोजना तथा संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालय बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश सुशासन केन्द्रको सहयोगमा आ. व. २०७६/०७७ को स्थानीय तह संस्थागत क्षमता स्व–मुल्यांकन (LISA) कार्यक्रम मिती २०७७ चैत्र २१ गते बाट सुरु भई चैत्र २४ मा समापन भएको छ । उक्त कार्यक्रमको सहजिकरण गर्न प्रदेश सुशासन केन्द बागमती प्रदेशबाट खटिनु भएका श्रोतव्यक्ति श्री अर्जुन खड्का तथा श्री शेषकान्त गौतमको सहजिकरणमा कुल पूर्णाङ्क १०० अंक भारमा प्राप्ताङ्क ६१ प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्व–मुल्यांकन (LISA) कार्यक्रममा नौकुण्ड गाउँपालिकाका अध्यक्ष श्री नुर्वु स्याङबो घलेज्यू, उपाध्यक्ष श्री सिर्जना लामाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरीज्यू तथा वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, गाउँपालिकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको सहभागितामा ४ दिन सम्म आयोजना गरिएको कार्यक्रममा अभिमुखिकरण, समुह बिभाजन, गाउँपालिकाको सवल तथा सुधार गर्नुपर्ने पक्षहरु माा छलफल गरि प्रस्तुतिकरण गरिएको थियो । साथै गाउँपालिकाले संस्थागत क्षमता स्व–मुल्यांकन (LISA) वेबमा आधारीत नतिजा प्रतिवेदन संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयको बेवसाईटबाट हेर्न सकिनेछ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: