FAQs Complain Problems

सुचना तथा समाचार

लैगिंक उत्तरदायी बजेट परिक्षण अभिमुखिकरण (GRB Orientation) कार्यक्रम सम्पन्न ।

मिति २०७८ फाल्गुन ९ गते नौकुण्ड गाउँपालिकाले १ दिने लैगिंक उत्तरदायी बजेट परिक्षण अभिमुखिकरण (GRB Orientation) कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले जारी गरेको लैगिंक उत्तरदायी बजेट नमुना निर्देशिका २०७७ अनुसार गाउँपालिकाले पूर्णिमा कार्यक्रमको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नुर्बु स्याङबो घले, उपाध्यक्ष श्री सिर्जना लामा, प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी लगायत सबै ६ वटा वडाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु तथा गाउँपालिकाका शाखा प्रमुखहरु एंव अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । चालु आर्थिक वर्ष ०७८/०७९ अन्र्तगत गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट माथी समुहगत रुपमा अभ्यास गरि प्रस्तुतिकरण गरिएको थियो । यस अभिमुखिकरणबाट गाउँपालिकाले लैगिंक उत्तरदायी बजेट विनियोजन तथा परिक्षण गर्ने कार्यमा सहजता प्रदान गरेको गाउँपालिका अध्यक्ष श्री नुर्बु स्याङबो घलेज्यूले बिश्वास व्यक्त गर्नु भएको थियो तथा आगामी दिनहरुमा पनि यस्ता किसिमका अभिमुखिकरण कार्यक्रमले लै¨िक समानता तथा सामाजिक समावेशिकरणको विषयलाई थप सहयोग गर्ने विचार व्यक्त गर्नु भएको थियो ।

आर्थिक वर्ष: