FAQs Complain Problems

सुचना तथा समाचार

वार्षिक योजना तर्जुमा सम्बन्धी अभिमुखकरण वकार्यक्रम सम्पन्न ।

नौकुण्ड गाउँपालिकाको वस्ती तथा वडा तहको वार्षिक योजना तर्जुमा सम्बन्धि २ दिने अभिमुखिकरण गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा मिति २०७८ बैशाख ५ र ६ गते वडा नं १,५र ६ का जनप्रतिनिधिहरु तथा वडासचिवहरुलाई गोसाईकुण्ड मा.बि. वडा नं ६ सरस्युमा र बैशाख ७ र ८ गते वडा नं ३ को पारच्याङमा वडा नं २,३ र ४ का जनप्रतिनिधिहरु तथा वडासचिवहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको सहजिकरण गाउँपालिकाका योजना तथा प्रशासन अधिकृत श्री बिष्णुकुमार अधिकारी तथा पूर्णिमा कार्यक्रमका योजना सल्लाहकार श्री गेहेन्द्र बमले सहजिकरण गर्नु भएको थियो ।

वस्ती तथा वडा तहको वार्षिक योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण प्राप्त भएपछि योजनाहरु प्राथमिकिकरण गरि छनौट गर्दा आवश्यकताका आधारमा छनौट गर्ने, ५ वटा बिषयगत क्षेत्रहरुलाई समेत समेट्ने गरि योजना छनौट गरिने प्रतिवद्धता वडा अध्यक्षज्यूहरुले व्यक्त गर्नुभएको थियो, साथै पछाडी पारिएका महिला,विपन्न तथा वालवालिकाहरुका लागि पनि आगामी आर्थिक वर्ष ०७८/०७९ मा विशेष किसिमका योजनाहरु छनौट वडाहरुले गरि गाउँपालिकामा पठाउने भएका छन् ।

 

 

आर्थिक वर्ष: