FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाले १० औं विशेष गाउँसभा सम्पन्न ।

Banner of 10th Village Assembly
Vice Chairperson putting forward the budget and programmes
Members of the Village Assembly and locals
Planning Adviser Mr. Gehendra Bam off Purnima Programme being facilitated by the Chairperson, Vice Chairperson and CAO for his outstanding contribution to Naukund RM.
Mr. Sajjan Ghale of Naukunda-6 being facilitated by the Chairperson, Vice Chairperson and CAO for the successful ascend of Mount Manaslu aka The Killer Mountain
Just for Laughs :)
Group photo
CAO with Gehendra Bam Sir and Krishna Prasad Devkota Sir
Mr. Krishna Prasad Devkota being facilitated for his retirement.
Santa Waiba. an ex employee being facilitated.

मिति २०७८ मंसिर ४ गते नौकुण्ड गाउँपालिकाले १० औं (बिशेष) गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्री नुर्बु स्याङबो घलेज्यू बाट भएको थियो । बिशेष गाउँसभामा गाउँपालिका उपाध्यक्ष श्री सिर्जना लामा,प्रमुख प्रशासकीय अधिकृत श्री नेत्रराज गिरी लगायत, सम्पूर्ण वडाका निर्वाचित सभा सदस्यहरु,गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानीय समुदायका मानिसहरुको सहभागिता रहेको थियो । यस पटक नौकुण्ड गाउँपालिकाले बिशेष गाउँसभा नौकुण्ड गाउँपालिकाको पर्यटकिय स्थल लारच्ङटार मैदानमा आयोजना गरेको थियो,यसले गाउँपालिकाको आन्तरिक तथा बाह्य पर्यटनलाई प्रर्बद्धन गर्न टेवा पुग्ने बिश्वास लिईएको छ । बिशेष गाउँसभा ले १ करोड ६६ लाख बराबरको बिभिन्न शिर्षक अन्र्तगतका लोकील वेगरपानी जुरेढुंगा पर्यटन प्रवर्धन डि.पि.आर, विपत ब्यबस्थापन कोष लगायतका कार्यक्रमहरु स्वीकृत गरेको छ । यसका अलावा गाउँपालिकाले पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा निर्माण भएको पञ्त्र वर्षिय आबधिक बिकास योजनाको मस्यौदालाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रममा यस पालिकालाई आफ्नो अमूल्य साथ र सहयोग पुर्याउनु भएका तपसिलका व्यक्तित्वहरुलाई सम्मान गरियो ।

  • १. सज्जन घले ( मनास्लु हिमाल KILLER MOUNTAIN को सफल आरोहण गर्ने नौकुण्ड गाँउपालिकाको पहिलो व्यक्ति)
  • २.गेहेन्द्र बम (पूर्णिमा कार्यक्रम - योजना तथा सुशासन सल्लाहकार)
  • ३. पवन कुमार डंगोल (पूर्णिमा कार्यक्रम - फोकल इन्जिनियर)
  • ४. दिल बहादुर तामाङ (इन्जिनियर)
  • ५.कृष्ण प्रसाद देवकोटा (निजामती सेवामा ५८ वर्ष पूरा गरी सेवा निवृत्त हुनु भएका)
  • ६.राजु श्रेष्ठ (सहायक चौथो)
  • ७. प्रतीक्षा रिजाल (सहायक चौथो)
  • ८. सन्त बहादुर वाईवा (सहायक चौथो)
  • ९. सुरेश तामाङ (सहायक चौथो)

आर्थिक वर्ष: