FAQs Complain Problems

सुचना तथा समाचार

नौकुण्ड गाउँपालिकाको परिचय ( कविता - रेशम बहादुर न्यौपाने )

नौकुण्डको परिचय वास्तविक लिन |

मा आग्रह गर्छु सबलाई यो गीत सुनी दिन ||

बोगटीटार जिरोबाट लाग्नु सिम्ले तिर |

बाटो राम्रो ग्राबेल भाछ छैन ठुला भिर ||

ए हजुर ...

पुल बन्यो अम्बास पर आउनुस हजुर नौकुण्ड सरर ||

पा खोलाको पुल तरेसी यो नौकुण्ड सुरु |

आँप चौर र भोर्ले हुँदै पारच्याङ खुरुखुरु ||

अर्को रोड लच्याङबाट पाटिखर्क हुँदै |

स्याउबारीको लोकिल, लाङवु, थाङदोर, यार्सा हुँदै ||

ए हजुर ...

राम मन्दिरमा पहेंलो गजुर नौकुण्डमा स्वागत छ हजुर |

नौकुण्डको सदरमुकाम पारच्याङ गाउँ माथि |

रमणीय लारच्याङटार पर्छ अझै माथि ||

परापूर्व काल को एउटा ओडारमा छ गुम्बा |

नयाँ कुरा देख्न पाउछौं यो नौकुण्ड घुम्दा ||

आउनुस हजुर नौकुण्ड घुम्नलाई अर्गानिक खाएर झुम्न लाई |

सारै मिठो हुन्छ हजुर यो सिस्नु र ढिडो |

खुमलचारको भातमा घिउ खायो अनि हिड्यो ||

ए हजुर ...

आलु मकै गहुँ कोदो धान खुमलचार |

बाउन तामाङ नेवार गुरुङ दलित र मगर ||

सबै मिलि बनायौ सानो घर सबै गाउँले सब हामी बराबर ||

पाटिखर्क फाँटको चामल यार्सा गाउँको आलु |

लाङवु मकै भोर्ले कोदो पारच्याङको पिडालु ||

त्यो घट्ट को पिरो ढिडो अचार गुन्द्रुक साँधी |

खाँदा ज्यादै मिठो हुन्छ स्वास्थ्यलाई निजाति ||

 

 

ए हजुर ...

हामि सब जना आएर पिकनिक खाउँला लारच्याङटारमा |

पारच्याङबाट घुम्दै माथि लारच्याङटार डुली |

रमणीय डाँडा काँडा देख्छौ राउचुली ||

चिसो पानि स्वच्छ हावा सबै तामाङ बस्ति |

त्यहि गई घुमफिर गर्दै गर्नुस मोज मस्ती ||

ए हजुर ...

कुखुरा भाले पाइन्छ लोकल छ्याङ र ढिडो कोदा कै लोकल ||

त्यतै बाटत्यर्सो जाँदा पुग्छौं यार्सा गाउँ |

उसिनेको आलु खाजा सिस्नु ढिडो खाउँ ||

यतैबाट दिक्लाङ हुँदै देउरालीमा बास हुन्छ |

भोलि पल्ट २-३ बजे गोसाइँकुण्ड पुग्छ ||

ए हजुर ...

हेर्दै आउनुस सब वर पर नौकुण्डमा स्वागत छ हजुर |

फलाखु को हाइड्रो पावर थाङदोर पुछार बाट |

सुरुङ खनी ब्राम्राङ बाटतल घिचेत तक ||

घिचेत पुछार पावर हाउस चौध मेघावाट को |

त्यहि बाट अर्को फेरी पाँचै मेघावाट को ||

ए हजुर ...

पाँच वर्षमा सम्पन्न हुँदैछ नौकुण्डको फेरिन्छ मुहार ||

कच्ची रोड पुगी सके सबै गाउँ टोल मा |

पक्कि पुल र पिच रोड हुन्छ हाम्रो पालिकामा ||

सब टोल मा बत्ति बल्छ सब धारामा पानि |

खेति योग्य जमिन हाम्रै किन विदेश जानी ||

भन्नुस हजुर कस कसलाई चाहिन्छ दुई लाखैमा घडेरी पाइन्छ |

नौकुण्डमा बस्नलाई राम्रो छ |

आउनुस हजुर नौकुण्डमा बस्नलाई स्वागत हाम्रो छ ||

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: